Home Bibles 1 राजा 12:20 · नेपाली बाइबल
1 राजा 12:20 · नेपाली बाइबल

इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुसरण गरिरह्यो।

Cross references

1 शमूएल 10:24

शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।”त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”

2 शमूएल 20:2

यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे।

1 राजा 11:13

तैंपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यरूशलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।

1 राजा 11:32

अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ।

1 राजा 11:35

तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु।

1 राजा 11:36

म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यस कारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोसम्म सँधै रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ।

1 राजा 11:37

तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ।

1 राजा 12:17

तर रहबामले अझै इस्राएलीहरू माथि शासन गरिरहे जो यूहदाका शहरहरूमा बसेका थिए।

होशे 8:4

तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।

होशे 11:12

“एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ। इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्‌यंत्र रचे। तर यहूदा अहिले सम्म परमेश्वरसँग छ। यहूदा पवित्र र साँचो छ।”

Interlinear

Choose Theme