चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।
Cross references
बीसौवर्षको नीसान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिए अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइन्।
म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु।
मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ!
विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।
यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।
एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
गरीब मानिसहरूको समय सधैं दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ।
सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।
एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।
आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ?
सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो।
अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।