Home Bibles हितोपदेश 17:2 · नेपाली बाइबल
हितोपदेश 17:2 · नेपाली बाइबल

एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।

Cross references

उत्पत्ति 24:4

तँ तेरो आफ्नै देशमा गएर मेरो छोरो इसहाकको निम्ति एउटी कन्या लिएर आइज।”

हितोपदेश 10:5

ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ।

हितोपदेश 11:29

यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।

हितोपदेश 14:35

ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।

हितोपदेश 19:26

जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।

हितोपदेश 29:15

दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।

उपदेशक 4:13

एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन।

Interlinear

Choose Theme