Home Bibles ☰ Books फिलिप्पी 1:10 · नेपाली बाइबल
फिलिप्पी 1:10 · नेपाली बाइबल

म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्नु योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ।

Cross references

उत्पत्ति 20:5

अब्राहाम आफैले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यु हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”

यहोशू 24:14

तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।

अय्यूब 12:11

तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?

अय्यूब 34:3

जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।

यशैया 7:15

इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।

आमोस 5:14

नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँहुनुहुन्छ भनेका छौ।

मीका 3:2

तिमीहरुले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरुले तिनीहरुका हड्डीहरुबाट मासु निकाल्दछौ।

मत्ती 16:23

तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तै।”

मत्ती 18:6

‘यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्डयाएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ।

मत्ती 26:33

पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”

यूहन्ना 1:47

येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”

यूहन्ना 3:20

प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ।

Interlinear

Choose Theme