प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ।
Cross references
त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।
राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी।
इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।”यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”
कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन अनि मानिसहरूको घरहरू फोर्छन्। तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन।
यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ।
तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।
तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो?
मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।
जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।
तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।
व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरु जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।”
संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ।
अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ।
यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुसरण गर्दैन भने उ यस्तो हुन्छ उ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ।