Home Bibles ☰ Books आमोस 5:14 · नेपाली बाइबल
आमोस 5:14 · नेपाली बाइबल

नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँहुनुहुन्छ भनेका छौ।

Cross references

उत्पत्ति 39:2

तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।

उत्पत्ति 39:23

रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।

प्रस्थान 3:12

परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”

गन्ती 16:3

तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चाको सम्झनु हुन्छ?”

यहोशू 1:9

याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

1 इतिहास 28:20

दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।

2 इतिहास 15:2

अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।

भजनसंग्रह 34:12

यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने,

भजनसंग्रह 34:13

तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।

भजनसंग्रह 46:11

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 97:10

मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ। परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।

हितोपदेश 11:27

एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।

यशैया 1:16

“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!

यशैया 8:10

लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार! तिम्रा योजनाहरू परास्त हुने छन्। तिम्रा सैन्यहरूलाई हुकुम गर तिम्रा हुकुमहरू बेकामे हुनेछन्। किन? किनभने परमेश्वर हामीसंग हुनुहुन्छ।

Interlinear

Choose Theme