तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,
Cross references
शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।
गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो।
त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउन गाग्री बनाए। यी सबै शुद्ध सुनबाट बनाए।
“जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।
बीस वर्ष देखि साठ्ठी वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।
“कुनै चीजको दाम तोकिंदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।
यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ)। इस्राएलीहरूबाट यो चाँदी लेऊ।
उस द्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो।
“एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।
अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”
ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।
यस कारण काँसाको सम्पूर्ण ओजन थाह भएन।
तिनीहरूले यी जिनिसहरू काँसा गलाएर अनि
बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीभरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो।
यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोःसुनका बटुकाहरू 30चाँदीका बटुकाहरू 1000छुरीहरू 29
त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।
राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।
दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन।
त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।
के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसंग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”
तिनीहरूले यूहन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यूहन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे।