Home Bibles ☰ Books 2 राजा 25:14 · नेपाली बाइबल
2 राजा 25:14 · नेपाली बाइबल

बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीभरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो।

Cross references

प्रस्थान 25:38

चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।

प्रस्थान 27:3

“वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ।

प्रस्थान 38:3

त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए।

1 राजा 7:40

हीरामले भाँडाहरू, बेल्चा अनि स साना बटुकाहरू बनाए। हीरामले सबै जिनिसहरू राजा सुलेमानले मागे अनुसार बनाए। परमप्रभुकोको मन्दिरका लागि हीरामले बनाएका सामानहरूको स्‌ची यस्तो छः2 खाम्बाहरू खाम्बाहरूको माथि बटुका जस्ता2 मुकुटहरू वरिपरि ढाक्ने2 जालीहरू दुइवटा जालीका लागि400 वटा दारीमहरू। खाम्बाहरूको माथि दुइवटा बटुकाहरूलाई ढाक्ने प्रत्येक जालीका दुइलहर दारीमहरू थिए।प्रत्येक ठेलागाडामा बटुका भएको दशवटाठेलागाडाहरू। तल बाह्रवटा सँाढेहरू माथि ठूलो भाँडो। भाँडाहरू, स-साना बेल्चाहरू, स साना बटुकाहरू अनि सबै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरकालागि।हीरामले यी सबै सामानहरू राजा सुलेमानले चाहे अनुसार नै बनाए। तिनीहरू सबै पालिस लगाएको काँसाको बनाइएका थिए।

1 राजा 7:45

तिनीहरूले यी जिनिसहरू काँसा गलाएर अनि

1 राजा 7:47

सुलेमानले धेरै सुनका सामानहरू मन्दिरका लागि बनाउने आदेश पनि दिए।

2 इतिहास 4:20

सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।

2 इतिहास 24:14

जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।

Interlinear

Choose Theme