गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो।
Cross references
त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस वर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो।
बीस वर्ष देखि साठ्ठी वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।
“कुनै चीजको दाम तोकिंदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।
यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ)। इस्राएलीहरूबाट यो चाँदी लेऊ।
जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच सेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ!
मानिसहरूले मन्दिरमा कर दिए जब तिनीहरूको गणना गरियो। अनि मानिसहरूले धन दिएका छन् कारण यही छ तिनीहरू दिन चाहन्थे। पूजाहारीहरू तिमीले धन निकाल्नु पर्छ अनि परमप्रभुको मन्दिर मर्मत खर्च गर्नुपर्छ। प्रत्येक पूजाहारीले धन उपयोग गर्नुपर्छ। जो उसले सेवा गरेको मानिसहरूबाट पाउँछन्। उसले त्यस धनको प्रयोग परमप्रभुको मन्दिर भत्किएको मर्मत गर्नमा गर्नुपर्छ।”
एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ।
येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, ‘के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”
अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन झन जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”