शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।
Cross references
त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउन गाग्री बनाए। यी सबै शुद्ध सुनबाट बनाए।
“मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ।
“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याऊन् अनि त्यसमाथि, रिकावी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सँधै रहोस्।
तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,
तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो।
तिनको उपहार यस प्रकारको थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएको थियो,
तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए।
सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।
यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोःसुनका बटुकाहरू 30चाँदीका बटुकाहरू 1000छुरीहरू 29
मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे
बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।
म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।