Home Bibles गन्ती 28:5 · नेपाली बाइबल
गन्ती 28:5 · नेपाली बाइबल

अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”

Cross references

प्रस्थान 16:36

(प्रायः एक ओमेर अर्थात एपको दशौं भागको भाडोद्वारा तिनीहरूले मन्न जोखे।)

प्रस्थान 29:38

“प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक वर्षे थुमाबलि चढाउनु पर्छ।

लेवी 2:1

“जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।

गन्ती 7:13

तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,

गन्ती 15:4

“एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।

Interlinear

Choose Theme