Home Bibles एज्रा 1:9 · नेपाली बाइबल
एज्रा 1:9 · नेपाली बाइबल

यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोःसुनका बटुकाहरू 30चाँदीका बटुकाहरू 1000छुरीहरू 29

Cross references

गन्ती 7:13

तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,

गन्ती 7:19

तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो।

1 राजा 7:50

तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए।

2 राजा 25:15

नबूजरदानले कराही र थालहरू सबै लगे। उनले सुनले बनिएका सबै चीजहरू सुनका लागि लगे। अनि उनले सबै चाँदीले बनिएका चीजहरू चाँदीका लागि लगे।

2 इतिहास 4:8

सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे।

2 इतिहास 4:11

हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।

2 इतिहास 4:21

सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।

2 इतिहास 24:14

जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।

एज्रा 8:27

सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,

मत्ती 10:29

“चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन।

मत्ती 14:8

के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसंग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”

Interlinear

Choose Theme