Home Bibles मत्ती 4:24 · नेपाली बाइबल
मत्ती 4:24 · नेपाली बाइबल

उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

Cross references

प्रस्थान 15:26

परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

यहोशू 6:27

यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।

2 शमूएल 8:6

त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।

1 राजा 4:31

उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए।

1 राजा 10:1

शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।

1 इतिहास 14:17

यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्‌याउनु भयो।

मत्ती 4:23

येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

मत्ती 8:6

अधिकारीले भने, ‘हे प्रभु! मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।’

मत्ती 8:13

तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, ‘तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।’ अनि ठीक त्यसैबला उसको नोकर निको भयो।

मत्ती 8:28

गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुईजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भुत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिंडने आँट गर्दैनथे।

मत्ती 9:2

केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’

मत्ती 9:26

तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो।येशूद्वारा धेरै मानिसहरू निको भए

मत्ती 9:31

तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।

मत्ती 9:35

येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।

मत्ती 12:22

त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।

मत्ती 14:1

त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए।

मत्ती 15:22

त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पत्रु, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”

मत्ती 17:15

त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लडछ।

मत्ती 17:18

येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।

मर्कूस 1:28

अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जाताततै फैलियो।

मर्कूस 1:32

त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।

मर्कूस 2:3

केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।

मर्कूस 5:2

जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।

लूका 2:2

यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो।

लूका 4:14

येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।

लूका 4:33

सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।

लूका 5:15

तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे।

लूका 7:17

उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।

लूका 8:27

जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

लूका 8:36

मानिसहरू जो त्यस घटना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।

यूहन्ना 10:21

तर अन्य यहूदीहरूले भने, “भुतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भुतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अहँ!”येशूको विरुद्ध यहूदीहरू

प्रेरित 10:38

तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान’ गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येसूको साथमा भएको प्रमाण दिदँछ।

प्रेरित 15:23

मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनःप्रिय दाज्यू-भाइहरू,

प्रेरित 15:41

मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।

प्रेरित 28:9

यस्तो घटना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।

Interlinear

Choose Theme