Home Bibles मत्ती 12:22 · नेपाली बाइबल
मत्ती 12:22 · नेपाली बाइबल

त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।

Cross references

भजनसंग्रह 51:15

हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!

यशैया 29:18

बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।

यशैया 32:3

मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्।

यशैया 35:5

तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ।

मत्ती 4:24

उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

मत्ती 9:32

जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो।

मर्कूस 3:11

कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।

मर्कूस 7:35

जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि उ र स्पष्ट बोल्ने भयो।

मर्कूस 9:17

भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ।

लूका 11:14

कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे।

प्रेरित 26:18

तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अन्ध्यारोबाट उज्यालोमा र्फकनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसंग एक बनाइनेछ।”‘

Interlinear

Choose Theme