तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो।येशूद्वारा धेरै मानिसहरू निको भए
Cross references
उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।
त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए।
तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म यशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।
राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसंग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन।