Home Bibles प्रस्थान 15:26 · नेपाली बाइबल
प्रस्थान 15:26 · नेपाली बाइबल

परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

Cross references

प्रस्थान 9:10

यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो।

प्रस्थान 12:29

मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।

प्रस्थान 19:5

यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।

प्रस्थान 23:25

तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु।

लेवी 26:3

“मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर।

लेवी 26:13

म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

गन्ती 12:13

यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”

व्यवस्था 5:1

मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन।

व्यवस्था 7:12

“यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुसरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। 13उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ।

व्यवस्था 7:15

परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ।

व्यवस्था 12:28

आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।

व्यवस्था 13:18

यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।

व्यवस्था 28:1

“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।

व्यवस्था 28:9

यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुसरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ।

व्यवस्था 28:13

परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैंमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ।

व्यवस्था 28:27

“परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई फोकाहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ।

व्यवस्था 28:58

“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ।

व्यवस्था 28:60

तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ।

1 राजा 11:33

म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।

1 राजा 11:38

यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सोप्ने छु।

2 राजा 20:5

“फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।

2 राजा 22:2

योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुसरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।

अय्यूब 5:18

परमेश्वरले दिनुभएको घाउहरूमा मलमपट्टी गरिदिनुहुन्छ। उहाँले कसैलाई चोट पुर्याउँन सक्नुहुन्छ तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ।

भजनसंग्रह 41:3

जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ। त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।

भजनसंग्रह 81:9

कुनै पनि कृत्रिम देवताहरू नमान जुन विदेशीहरूले मान्दछन्।

भजनसंग्रह 103:3

परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।

भजनसंग्रह 147:3

परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

यशैया 55:3

मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।

यशैया 57:18

इस्राएल कहाँ गयो, मैले देखें। यसकारण मैले उसलाई क्षमा दिएँ। मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने। त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।

यर्मिया 8:22

निसन्देह गिलादमा केही औषधी छ। निसन्देह गिलादमा वैद्य छ यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?

यर्मिया 11:7

मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेताउनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरिघरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेताउनी दिदैं आएको हो।

यर्मिया 33:6

“तर म शहरमा पुन आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।

इजकिएल 18:5

“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ।

होशे 6:1

“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।

होशे 11:3

“एप्रैमलाई मैले हिँडन सिकाएँ। इस्राएललाई मैले अंगालोमा बोकें अनि मैले नै तिनीहरूलाई निको पारें। तर यी सबै कुरा तिनीहरू जान्दैनन्।

याकूब 5:11

हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्‌ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।

Interlinear

Choose Theme