Home Bibles मत्ती 9:31 · नेपाली बाइबल
मत्ती 9:31 · नेपाली बाइबल

तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।

Cross references

मत्ती 9:26

तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो।येशूद्वारा धेरै मानिसहरू निको भए

मर्कूस 1:44

येसूले भन्नुभयो, होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।

मर्कूस 7:36

येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधै नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने।

लूका 7:17

उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।

Interlinear

Choose Theme