Home Bibles लूका 7:17 · नेपाली बाइबल
लूका 7:17 · नेपाली बाइबल

उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।

Cross references

मत्ती 4:24

उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

मत्ती 9:26

तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो।येशूद्वारा धेरै मानिसहरू निको भए

मत्ती 9:31

तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।

मर्कूस 1:28

अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जाताततै फैलियो।

मर्कूस 6:14

राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म यशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”

लूका 7:14

येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”

Interlinear

Choose Theme