Home Bibles ☰ Books इजकिएल 7:15 · नेपाली बाइबल
इजकिएल 7:15 · नेपाली बाइबल

तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।

Cross references

व्यवस्था 32:23

‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु, म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।

व्यवस्था 32:25

बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।

यर्मिया 14:18

यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘

यर्मिया 15:2

ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ,‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।

विलाप 1:20

“हे परमप्रभु मलाई हेर्नुहोस्! म दुखमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।

विलाप 4:9

जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।

इजकिएल 5:12

तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।

इजकिएल 6:12

टाढाका मानिसहरू रोगबाट मर्नेछन्। छेउका मानिसहरू तरवार द्वारा मारिनेछन्। शहरमा छाडिएका मानिसहरू भोकले मर्नेछन्। त्यसपछि म क्रोधित हुन छाड्नेछु।

Interlinear

Choose Theme