Home Bibles ☰ Books विलाप 1:11 · नेपाली बाइबल
विलाप 1:11 · नेपाली बाइबल

यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु।

Cross references

व्यवस्था 28:52

“तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।

1 शमूएल 30:11

दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए।

2 राजा 6:25

सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलाग्दो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुठ्ठी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो।

अय्यूब 40:4

“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।

भजनसंग्रह 25:15

म सधैं परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु। उहाँ सधैं मेरो संकटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

भजनसंग्रह 79:4

हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।

यर्मिया 19:9

शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’

यर्मिया 38:9

मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”

यर्मिया 52:6

चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।

विलाप 1:9

यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्। उसको दुर्दिनलाई यसको पतन भयंङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुखित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”

विलाप 1:19

मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थे।

विलाप 2:11

मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दुखीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।

विलाप 2:12

जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ तिनीहरू आफ्ना आमालाई सोध्छन्, “रोटी र दुध कहाँ छन्?”

विलाप 2:20

हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”

विलाप 4:4

दूध खाने शिशुको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।

विलाप 4:5

ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।

Interlinear

Choose Theme