Home Bibles एफिसी 4:8 · नेपाली बाइबल
एफिसी 4:8 · नेपाली बाइबल

त्यसैले शास्त्रमा यस्तो भनिएको छः“उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”

Cross references

न्यायकर्ता 5:12

जाग, व्यूँझ दबोरा! जाग, जाग अनि गीत गाऊ! हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ तिम्रा शत्रुहरूलाई कब्जा गर।

1 शमूएल 30:26

दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”

एस्तर 2:18

यसर्थ राजाले ठूलो भोजको आयोजना गरे आफ्ना सबै अधिकारीहरू अनि सेवकहरूको निम्ति भोज गरे। अनि तिनले सबै प्रान्तहरूमा त्यस दिनलाई विदाको दिन घोषण गरे अनि तिनले एक राजाले मात्र दिन सक्ने उपहारहरू प्रदान गरे।

भजनसंग्रह 68:18

उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।

कलस्सी 2:15

परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।

Interlinear

Choose Theme