इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
Cross references
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ।
परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।
तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन।
तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्। तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो? परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।
परमेश्वरको स्तुति-गान गर। स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भला हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।
म परमप्रभु तिमीहरूका परमपवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”
एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं!” तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग बोली रहनु भएकोछन “सियोनका मानिसहरूलाई बताऊ हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनहुन्छ। उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ उहाँले त्यो इनाम आफैसँग लिएर आउउनु हुँदैछ।”