ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर दिव्य ज्योति तिनीहरूमाथि चम्किनेछ।
Cross references
“म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे, अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँडदैछन्। प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्। हुनसक्छ, सीसराले एक टुक्वा रंगीन वस्त्र भेट्टाए। त्यो यही हो! सीसराले एक टुक्वा बेल-बुट्टादार वस्त्र। हुन सक्छ दुइ टुक्वा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।”
जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।
म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किन? किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी पनि र्तसने छैन। किन? किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए, झ्यालखानको अंध्यारो कोठाहरूमा बन्दी थिए।
कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू।
ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
“घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।
उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।
म लडेकेछु। तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ। म फेरि खडा हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
जहाँका मानिसहरू अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे विहान झैं अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति उदायो। मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”
परमेश्वरको प्रेमपूर्ण करूणा पाएर हाम्रा निम्ति स्वर्गबाट एउटा नयाँ उज्यालो दिन चम्कनेछ।
तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
त्यसपछि, येशू फेरि मानिसहरूसंग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्नदछ।”
तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।
म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।
बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच।
तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरु उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ।
तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं। अब हामी यो तिमीहरुलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।