Home Bibles ☰ Books अय्यूब 33:29 · नेपाली बाइबल
अय्यूब 33:29 · नेपाली बाइबल

परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।

Cross references

2 राजा 6:10

इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।

अय्यूब 33:14

परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ, यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।

अय्यूब 40:5

मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”

1 कोरिन्थी 12:6

अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।

2 कोरिन्थी 5:5

परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।

2 कोरिन्थी 12:8

यस समस्याबाट बाँच्नलाई मैले प्रभुसित तीन पटक बिन्ती गरें।

एफिसी 1:11

परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ।

फिलिप्पी 2:13

परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

कलस्सी 1:29

यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संर्घष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

हिब्रू 13:21

म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।

Interlinear

Choose Theme