Home Bibles ☰ Books अय्यूब 33:20 · नेपाली बाइबल
अय्यूब 33:20 · नेपाली बाइबल

तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।

Cross references

उत्पत्ति 3:6

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

अय्यूब 3:24

जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।

भजनसंग्रह 107:17

कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।

भजनसंग्रह 107:18

ती मानिसहरूले खान पनि रूचाउँदैनन् अनि तिनीहरू प्रायः मर्छन्।

यर्मिया 3:19

“म, परमप्रभुले भनें, ‘म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।’ तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैं मेरो अनुसरण गर्नेछौ।

आमोस 5:11

अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरुयी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।

Interlinear

Choose Theme