Home Bibles प्रकाश 20:1 · नेपाली बाइबल
प्रकाश 20:1 · नेपाली बाइबल

मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्लो पनि समातेको थियो।

Cross references

लूका 8:31

ती भूतहरूले तिनीहरूलाई अन्नत अँध्यारोमा नपुराइयोस् भनी याचना गरे।

2 पत्रुस 2:4

जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्

यहूदा 1:6

अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।

प्रकाश 1:18

म नै एक हुँ जो बाँचेको छु। नडराउ। म नै आदि अनि अन्त हुँ। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालको साँचोहरु छन्।

प्रकाश 9:1

पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।

प्रकाश 10:1

तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।

प्रकाश 18:1

तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो।

Interlinear

Choose Theme