Home Bibles अय्यूब 21:22 · नेपाली बाइबल
अय्यूब 21:22 · नेपाली बाइबल

कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।

Cross references

अय्यूब 4:18

हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।

अय्यूब 15:15

परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।

अय्यूब 34:17

कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन। अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ? परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।

अय्यूब 35:11

परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो। यसकारण उहाँ कहाँ हुनुहुन्छ?

अय्यूब 36:22

हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो। परमेश्वर नै महान गुरू हुनुहुन्छ।

अय्यूब 36:23

कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन। कसैले पनि परमेश्वरलाई ‘तपाईंले खराब काम गर्नु भयो’ भनी भन्न सक्तैन।

अय्यूब 38:3

अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।

अय्यूब 40:2

“अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

भजनसंग्रह 82:1

परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।

भजनसंग्रह 113:5

कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।

उपदेशक 5:8

कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्।

यशैया 40:13

कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्। कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।

यशैया 40:22

परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।

यशैया 45:9

“यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्।

यर्मिया 23:18

तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ।

रोमी 11:34

जस्तो धर्मशास्त्रमा लेखिएको छः“परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनेछ?”

1 कोरिन्थी 2:16

“परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसैले अह्राउन सक्छ?”

1 कोरिन्थी 6:3

म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु।

2 पत्रुस 2:4

जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्

यहूदा 1:6

अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।

प्रकाश 20:1

मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्लो पनि समातेको थियो।

प्रकाश 20:12

अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।

Interlinear

Choose Theme