हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।
Cross references
परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।
परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन।
हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतासजस्ता अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।
सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।
जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्
अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।