Home Bibles प्रकाश 20:12 · नेपाली बाइबल
प्रकाश 20:12 · नेपाली बाइबल

अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।

Cross references

भजनसंग्रह 28:4

हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।

भजनसंग्रह 62:12

हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।

भजनसंग्रह 69:28

जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्, तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।

हितोपदेश 24:12

यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ।-26-

हितोपदेश 24:29

यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”

उपदेशक 12:14

किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ। 

यर्मिया 17:10

तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।

यर्मिया 32:19

तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।

दानियल 7:10

“उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।

दानियल 12:1

“त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दुखहरू र संकटहरू हुनेछन्। यस्तो संकट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ यस पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।

मत्ती 16:27

आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ।

लूका 10:20

तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।”मत्ती

यूहन्ना 5:28

यसमा अचम्ब नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्।

यूहन्ना 11:25

येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।

प्रेरित 24:15

म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठनेछ ।

रोमी 2:6

परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ।

रोमी 14:10

तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यु-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामीसबैलाई जाँच्नु हुन्छ।

1 कोरिन्थी 4:5

यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।

1 कोरिन्थी 15:21

एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।

2 कोरिन्थी 5:10

न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।

फिलिप्पी 4:3

मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुई स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमातिमीहरूको नाउँपनि राखिएकोछ।

1 थिस्सलोनिकी 4:15

अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन।

प्रकाश 2:23

म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।

प्रकाश 3:5

हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरुले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरुको समक्ष भन्नेछु।

प्रकाश 11:18

संसारका राष्ट्रहरु क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरुको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरु अनि अगमवक्ताहरुलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरुलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरु जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरुलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”

प्रकाश 13:8

समस्त मानिसहरु जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात तिनीहरुले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।

प्रकाश 17:8

त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरु, आश्चर्य चकित हुनेछन्। जब तिनीहरुले त्यो पशु देख्छन् तिनीहरु आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरु ती हुन् जसका नाउँहरु संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।

प्रकाश 19:5

त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो“तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”

प्रकाश 20:11

तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

प्रकाश 20:13

समुद्रले ती मृत मानिसहरुलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरुसंग भएका मृत मानिसहरु दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो।

प्रकाश 21:27

नगरमा अस्वच्छ वस्तुहरु कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरु जसका नाउँ भेंडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

प्रकाश 22:12

“सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरु ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु।

Interlinear

Choose Theme