Home Bibles ☰ Books अय्यूब 34:17 · नेपाली बाइबल
अय्यूब 34:17 · नेपाली बाइबल

कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन। अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ? परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।

Cross references

उत्पत्ति 18:25

साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”

2 शमूएल 19:21

तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”

2 शमूएल 23:3

इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चटानले मलाई भन्नुभयो, “जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,

अय्यूब 1:22

ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।

अय्यूब 40:8

अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।

रोमी 3:5

जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु।

रोमी 9:14

यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन।

Interlinear

Choose Theme