यदि परमेश्वरले वर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ। यदि परमेश्वरले वर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।
Cross references
तब परमेश्वरले न्हलाई भन्नुभयो, “मानिसहरुको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरुलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरु सबैलाई म झट्टै नष्ट पार्नेछु।
“मेरो भागमा म यस धर्तीका सबै प्राणीहरुको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरु मर्नेछन्।
नूहको जीवनको 600 वर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरु बनिए।
नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।
“कहिले काँही तिनीहरू तपाईंको विरूद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफशोच गर्नेछन्।
एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”
पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो।
प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ, सबै परमेश्वरकै शक्तिको अधीनमा छ।
तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”
उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।
परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।
म जे भन्दैछु त्यो साँचो हो। एलियाको समयमा साढे तीन र्वषसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए।
एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन।
यी साक्षीहरुसित, तिनीहरुले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरुसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरुसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरुले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्।