नूहको जीवनको 600 वर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरु बनिए।
Cross references
यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।
“मेरो भागमा म यस धर्तीका सबै प्राणीहरुको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरु मर्नेछन्।
आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोडयो।
दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।
तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।”एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”
तर अधिकारीले परमेश्वरका जनलाई उत्तर दिएका थिए, “परमप्रभुले आकाशमा झ्यालहरू बनाउनुभए पनि यस्तो घटना हुन सक्दैन।” अनि एलीशाले अधिकारीलाई भनेका थिए, “तिमी यस्तो आफ्ना आँखाले देख्ने छौ। तर तिमीले त्यस खाद्यमध्ये केही खान पाउने छैनौ।”
मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।
अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो, अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना वर्षाउनु भयो।
जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्। कतिपय मानिसहरू भाग्नेछन, तर तिनीहरू खाडलहरूमा जाकिनेछन्। पासोहरूमा अल्झिने छन्। ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन, तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।” स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन् अनि बाढीहरू प्रारम्भ हुनेछ। पृथ्वीको जगहरू हल्लन्छन्।
त्यहाँ भूकम्प आउँनेछ। अनि पृथ्वी फाट्नेछ।
परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ। उहाँले वर्षासँग बिजुली चम्काउनुहुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँनेछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ।
मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्योप्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएरआऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्बाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन्जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।
त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचडुञ्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए।
मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।