Home Bibles भजनसंग्रह 104:7 · नेपाली बाइबल
भजनसंग्रह 104:7 · नेपाली बाइबल

तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।

Cross references

उत्पत्ति 8:1

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

भजनसंग्रह 18:15

परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो अनि शक्तिशाली हावा बहन थाल्यो। पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं। हामीले पृथ्वीको पिंध देख्न सक्यौं।

भजनसंग्रह 77:18

त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्‌ले संसार नै उज्यालो पार्यो अनि पृथ्वी काम्न थाल्यो र थर्थर भयो।

भजनसंग्रह 106:9

परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।

भजनसंग्रह 114:3

लाल समुद्रले यो देखेर भाग्यो, यर्दन नदी उल्टा बग्न थाल्यो।

हितोपदेश 8:28

जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।

मर्कूस 4:39

तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।

Interlinear

Choose Theme