Home Bibles याकूब 5:17 · नेपाली बाइबल
याकूब 5:17 · नेपाली बाइबल

एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन।

Cross references

1 राजा 17:1

एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”

1 राजा 18:1

खडेरी परेको तेस्रो वर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेटं गर। म चाँच्च्ै पानी पठाउने छु।”

लूका 4:25

म जे भन्दैछु त्यो साँचो हो। एलियाको समयमा साढे तीन र्वषसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए।

प्रेरित 10:26

तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

प्रेरित 14:15

“हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।

रोमी 11:2

तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए,

प्रकाश 11:6

यी साक्षीहरुसित, तिनीहरुले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरुसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरुसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरुले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

Interlinear

Choose Theme