Home Bibles ☰ Books प्रकाश 11:6 · नेपाली बाइबल
प्रकाश 11:6 · नेपाली बाइबल

यी साक्षीहरुसित, तिनीहरुले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरुसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरुसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरुले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

Cross references

प्रस्थान 7:17

यसर्थ परमप्रभु भन्नुहुन्छ उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउनेछु र नदी रगतमा परिवर्तन हुनेछ।

1 शमूएल 4:8

हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए।

1 राजा 17:1

एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”

भजनसंग्रह 105:26

यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।

इजकिएल 7:1

तब परमप्रभुको सन्देश मकहाँ आयो।

लूका 4:25

म जे भन्दैछु त्यो साँचो हो। एलियाको समयमा साढे तीन र्वषसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए।

याकूब 5:16

सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ।

Interlinear

Choose Theme