Home Bibles उत्पत्ति 6:17 · नेपाली बाइबल
उत्पत्ति 6:17 · नेपाली बाइबल

“मेरो भागमा म यस धर्तीका सबै प्राणीहरुको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरु मर्नेछन्।

Cross references

उत्पत्ति 2:7

तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

उत्पत्ति 6:7

तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरुलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरु अनि आकाशमा उड्ने चराहरु जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

उत्पत्ति 6:13

तब परमेश्वरले न्‌हलाई भन्नुभयो, “मानिसहरुको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरुलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरु सबैलाई म झट्टै नष्ट पार्नेछु।

उत्पत्ति 7:4

अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरु ध्वंश पार्नेछु।”

उत्पत्ति 7:15

यी सबै पशु-चराहरु नूहसंगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरु भाले र पोथीको जोडीको दलमा ती पशु चराहरु जहाजमा आए।

उत्पत्ति 7:17

जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो।

उत्पत्ति 7:21

पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरु घरेलु पशुहरु, र जंङ्गली पशुहरु,

उत्पत्ति 7:23

यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरु पशुहरु, घस्रिने जन्तुहरु अनि आकाशमा उड्ने प्राणीहरु परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरुलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसंगै जहाजमा भएका मानिसहरु र अन्य प्राणीहरु मात्र जीवित रहे।

उत्पत्ति 9:9

“म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु।

प्रस्थान 14:17

मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु।

लेवी 26:28

तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु।

व्यवस्था 32:39

‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।

अय्यूब 22:16

ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।

भजनसंग्रह 29:10

जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।

भजनसंग्रह 93:3

हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।

भजनसंग्रह 107:34

परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो। किन? किनभने ती दुष्ट मानिसहरूले गर्दा हो। जो त्यस ठाउँमा बसीरहेका थिए।

यशैया 51:12

परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”

यशैया 54:9

परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”

इजकिएल 5:8

यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरूद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस्।

इजकिएल 6:3

ती पर्वतहरूसित यसो भन‘हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो संदेश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बेंसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ! ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिम्रो विरूद्धमा लडनका निम्ति ल्याउँदैछु। म तिम्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु।

इजकिएल 34:11

परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफै उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु।

इजकिएल 34:20

यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेडाहरूको बीचमा न्याय गर्नेछु!

होशे 5:14

किनभने म एप्रैमका निम्ति एउटा सिंह अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु। म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु। म तिनीहरूलाई उठाएर लानेछु। अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।

आमोस 9:6

परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो। उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो। उहाँले समुद्रको पानीलाई बोलाउँनु हुन्छ। अनि देशमाथिखन्याउनु हुन्छ। उहाँको नाउँ परमप्रभु हो।

मत्ती 24:39

मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।

लूका 17:27

नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पारयो।

रोमी 5:12

पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।

रोमी 5:21

जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

रोमी 6:23

जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।

रोमी 8:20

प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः

हिब्रू 11:7

नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

1 पत्रुस 3:20

ती आत्माहरु तिनीहरु हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरुलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरुलाई पानीले बचाएको थियो।

2 पत्रुस 2:5

अनि परमेश्वरले ती मानिसहरुलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरुले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरुलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरुलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।

Interlinear

Choose Theme