सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन् र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”
Cross references
हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ। शत्रुहरू टाढा-टाढा ठाउँबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिट्टो-छिटो हिंडिरहेका छन्।
यसकारण, ‘सिंह’ समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भूइँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ।
आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।
मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।
हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
“जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाइँ घोषित गरिरहेका छन्।
प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। प्रत्येक शहर शून्य हुनेछ। त्यहाँ कोही पनि बस्ने छैन।
तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज हामी सुन्छौ। घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ। यो जमीन र यसमा भएका प्रत्येक वस्तु नष्ट पार्न शत्रुहरू आएका छन्। तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू ध्वंस पार्न आएका छन्।
यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “हेर, महा सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”
तिमीहरूका प्रेमीहरूलेतिमीहरूलाई भूलेका छन् अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।
हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्। एक शक्तिशाली जाति र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।
तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्। सिपाहीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। सैनिकहरू घोडाहरूमा चढेर आउनेछन् अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ। तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन। हे बाबेलकी छोरी।
यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्।
म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।
“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।