Home Bibles यर्मिया 8:16 · नेपाली बाइबल
यर्मिया 8:16 · नेपाली बाइबल

दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज हामी सुन्छौ। घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ। यो जमीन र यसमा भएका प्रत्येक वस्तु नष्ट पार्न शत्रुहरू आएका छन्। तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू ध्वंस पार्न आएका छन्।

Cross references

न्यायकर्ता 5:22

घोडका टापहरूले भूइँ ठोके। सीसराका शक्तिशाली घोड झन-झन दौडे।

न्यायकर्ता 18:29

दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।

न्यायकर्ता 20:1

यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।

अय्यूब 39:20

के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ? घोडा जोडले हिन्‌हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।

भजनसंग्रह 24:1

पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।

यर्मिया 4:7

एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।

यर्मिया 4:15

दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ।

यर्मिया 4:24

मैले पर्वतहरूलाई हेर अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए।

यर्मिया 6:23

सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन् र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”

यर्मिया 10:25

तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन् अनि ती मानिसहरूमाथि पोखाउनु होस् ज-जसले तपाईंको नाउँ लिदैनन्। ती जातिहरूले याकूबको परिवारलाई ध्वंस पारे। तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे। तिनीहरूले इस्राएलको देश ध्वंस पारे।

यर्मिया 47:3

तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन् तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन् तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।

नहूम 1:4

परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।

नहूम 3:2

तमीहरुले कोर्राको आवाज, पाङ्ग्राहरुको आवाज, घोडाहरुका दौड अनि रथहरु दगुर्दै गरेको आवाजहरु सुन्दैछौ।

हबकूक 3:10

तपाईंलाई देखेर पहाडहरु काम्न थाले, पानी पृथ्वीमा बग्न शुरु गर्यो। जव गहिरो समुद्र भूमिबाट झर्यो यसले ठुलो हल्ला गर्यो।

1 कोरिन्थी 10:26

तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”

1 कोरिन्थी 10:28

तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ,. जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानू अनुचित मान्छन्।

Interlinear

Choose Theme