तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
Cross references
ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरु हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उडनेछन्।
परमप्रभु यसो भन्नुहुन्छ “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।
सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन् र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”
“मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन् तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।”