Home Bibles लूका 21:25 · नेपाली बाइबल
लूका 21:25 · नेपाली बाइबल

“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।

Cross references

भजनसंग्रह 46:3

हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ र पर्वतहरू र्थकिन्छन।

भजनसंग्रह 93:3

हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।

यशैया 5:30

यसकारण, ‘सिंह’ समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भूइँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ।

यशैया 13:10

आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।

यशैया 13:13

मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।”त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभू क्रोधित हुनुहुन्छ।

यशैया 22:4

यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम ध्वंश भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।”

यशैया 24:23

परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ। उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ। उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ अनि घाम लज्जित हुनेछ।

यशैया 51:15

“किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)

यर्मिया 4:23

मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।

इजकिएल 32:7

म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।

दानियल 12:1

“त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दुखहरू र संकटहरू हुनेछन्। यस्तो संकट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ यस पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।

योएल 2:30

पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरु हुनेछन्।

आमोस 8:9

परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।

मीका 7:4

तिमीहरुका अगमवक्ताले भनेका थिए, “यस्तो दिन आउनेछ, तिमीहरुका प्रहरीहरुको दिन आउँदैछ। अब तिमीहरुलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।

मत्ती 24:29

“ती दिनका संकटहरूपछि तुरन्तै।‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’

मत्ती 27:45

मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो।

मर्कूस 13:24

तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ,सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।

मर्कूस 13:26

त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन्

मर्कूस 15:33

मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।

प्रेरित 2:19

म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।

2 पत्रुस 3:10

तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।

प्रकाश 6:12

तब, त्यो भेंडाको पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो।

प्रकाश 20:11

तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

Interlinear

Choose Theme