Home Bibles यर्मिया 6:22 · नेपाली बाइबल
यर्मिया 6:22 · नेपाली बाइबल

परमप्रभु यसो भन्नुहुन्छ “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।

Cross references

यर्मिया 1:14

परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।

यर्मिया 4:16

“जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाइँ घोषित गरिरहेका छन्।

यर्मिया 5:15

हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो। यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।

यर्मिया 5:16

तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।

यर्मिया 6:1

हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।

यर्मिया 10:22

सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।

यर्मिया 13:20

हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेडाका बथानहरू कहाँ छन्?

यर्मिया 25:9

यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”

यर्मिया 25:32

यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “हेर, महा सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”

यर्मिया 30:5

उहाँले भन्नुभयो “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्। त्यहाँ शान्ति छैन।

यर्मिया 47:2

परमप्रभु भन्नुहुन्छ, “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।

यर्मिया 50:41

हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्। एक शक्तिशाली जाति र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।

यर्मिया 50:42

तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्। सिपाहीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। सैनिकहरू घोडाहरूमा चढेर आउनेछन् अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ। तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन। हे बाबेलकी छोरी।

इजकिएल 23:22

यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्।

हबकूक 1:6

म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।

Interlinear

Choose Theme