हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्। एक शक्तिशाली जाति र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।
Cross references
“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।
परमप्रभु यसो भन्नुहुन्छ “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।
सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन् र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”
बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”
“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरूभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”
म उपद्रव मच्चाउनेछु र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु। यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्। तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्। तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन् र एउटै काँड पनि व्यर्थ जाँदैन्।
परमप्रभु भन्नुहुन्छ, “म एक शक्तिशाली हावा बाबेल र ‘लेब कामीका’बासिन्दाहरू माथि बहाउनेछु।
काँडहरू तीखो पार। ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। उहाँले तिनीहरूलाई उस्काउनु भयो किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। परमप्रभुले बाबेलका मानिसहरूलाई त्यो दण्ड दिनु हुनेछ जसको लागि तिनीहरू योग्यका छन्। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
“भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
त्यो पशु अनि दश सिङ्गेहरु जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरुले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरुले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्।