Home Bibles यर्मिया 52:6 · नेपाली बाइबल
यर्मिया 52:6 · नेपाली बाइबल

चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।

Cross references

लेवी 26:26

म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।

व्यवस्था 28:52

“तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।

व्यवस्था 32:24

तिनीहरू भोकले, दुर्बल हुनेछन् अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्। तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु। विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोएने छन्।

2 राजा 25:3

शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।

यशैया 3:1

मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।

यर्मिया 15:2

ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ,‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।

यर्मिया 19:9

शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’

यर्मिया 21:9

ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफै सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।

यर्मिया 25:10

म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।

यर्मिया 37:21

यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकूञ्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।

यर्मिया 38:9

मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”

यर्मिया 39:2

अनि सिदकियाह राजा भएको एघारौं वर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो।

विलाप 1:11

यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु।

विलाप 4:4

दूध खाने शिशुको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।

विलाप 5:10

हाम्रा छाला चुल्हा जस्तै तातेको छ। भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।

इजकिएल 4:9

परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहूँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ।

इजकिएल 5:10

यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”

इजकिएल 7:15

तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।

इजकिएल 14:21

त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, “यसैकारण सोच यरूशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरूद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरूद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।

जकरिया 8:19

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन र्हष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”

Interlinear

Choose Theme