शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।
Cross references
म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।
बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्।
“तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।
के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ? के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
परमप्रभु म मेरो प्राण द्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ।
नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे।
यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ। आऊ, यरूशलेमको पक्का महलहरू ध्वंस पारौं।”
“परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ।
यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखे। यसकारण उनी आफ्ना सिपाहीहरू सहित राजाको बगैंचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अराबा तिर लगे।
यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा। उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ।
चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।”
“दिउँसोको समयमा तिमी आफ्नो समान यस्तो प्रकारले बाहिर निकाल कि मानिसहरूले तिमीलाई हेरेको हेरेकै हुउन्। त्यसपछि साँझमा यस्तो देखावटी गर कि तिमी टाढा देशमा एउटा बन्दी जस्तै जाँदैछौ।