Home Bibles यर्मिया 39:2 · नेपाली बाइबल
यर्मिया 39:2 · नेपाली बाइबल

अनि सिदकियाह राजा भएको एघारौं वर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो।

Cross references

2 राजा 25:3

शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।

यर्मिया 1:3

योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।

यर्मिया 5:10

यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।

यर्मिया 52:6

चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।

इजकिएल 33:21

देशबाट-निकालिएको बाह्रौं वर्षको, दशौं महीनाको पाँचौ दिनमा एउटा मानिस यरूशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यरूशलेम) लग्यो!”

मीका 2:12

हो, हे याकूब म निश्चयनै तिमीहरु सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पर्नेछु। म तिनीहरुलाई गोठका भेडा बाख्राहरु र र्खकका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरुको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।

सपन्याह 1:10

परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।

Interlinear

Choose Theme