मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।
Cross references
म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।
शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।
परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।
ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,
तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।
परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन अनि लगिनेछन् किन? किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्।
तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”
तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।
यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकूञ्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।
मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्।
“हे मानिसको छोरो! म आफ्नो त्यो राष्ट्रलाई दण्ड दिन्छु जसले मलाई छोड्छ अनि मेरो विरूद्ध पापहरू गर्छ। म तिनीहरूको भोजनको आपूर्ति बन्द गरिदिन्छु। म अनिकाल उत्पन्न गरिदिन सक्छु अनि त्यस देशबाट मानिस अनि पशुहरू बाहिर गरिदिन सक्छु।