Home Bibles यर्मिया 4:6 · नेपाली बाइबल
यर्मिया 4:6 · नेपाली बाइबल

सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”

Cross references

यशैया 62:10

मूल ढोकाहरूबाट आऊ! मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ। बाटो तयार पार। बाटोको सारा ढुङ्गाहरू हटाई देऊ। मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ।

यर्मिया 1:13

परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?”मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”

यर्मिया 1:14

परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।

यर्मिया 4:21

परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ? कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?

यर्मिया 6:1

हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।

यर्मिया 6:22

परमप्रभु यसो भन्नुहुन्छ “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।

यर्मिया 10:22

सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।

यर्मिया 21:7

यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’

यर्मिया 25:9

यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”

यर्मिया 50:2

“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’

यर्मिया 50:22

सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ। यो विनाशको कोलाहल हो।

यर्मिया 51:12

बाबेलको पर्खालहरूका विरूद्ध झण्डा माथि उठाऊ। अझ प्रहरीहरू ल्याऊ। तिनीहरूका ठीक ठीक ठाउँमा चौकीदार राख। धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ जुन उहाँले योजना बनाउनु भएकोछ।

यर्मिया 51:27

“भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।

यर्मिया 51:54

“हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ। बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।

इजकिएल 9:1

तब परमेश्वरले शहरमा दण्ड दिनको निम्ति उत्तरदायी प्रमुखहरूलाई ठूलो स्वरले बोलाउनुभयो प्रत्येक प्रमुखको हातमा उसको आफ्नों ध्वंशक हतियार थियो।

इजकिएल 9:2

तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए।

सपन्याह 1:10

परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।

Interlinear

Choose Theme