Home Bibles यर्मिया 10:22 · नेपाली बाइबल
यर्मिया 10:22 · नेपाली बाइबल

सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।

Cross references

यर्मिया 1:15

म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।” परमप्रभुले ती कुराहरू भन्नुभयो। “ती राज्यहरूका राजाहरू आउनेछन् अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्। तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्। तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।

यर्मिया 2:15

इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्। तिनीहरू गर्जन्छन्। तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए। तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए, यसर्थ त्यहाँ कोही बस्दैन।

यर्मिया 4:6

सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”

यर्मिया 5:15

हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो। यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।

यर्मिया 6:1

हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।

यर्मिया 6:22

परमप्रभु यसो भन्नुहुन्छ “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।

यर्मिया 9:11

“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”

हबकूक 1:6

म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।

मलाकी 1:3

अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाडपारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”

Interlinear

Choose Theme