परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?”मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”
Cross references
“हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ।
यस्तै प्रकारले मेरा वचनहरूले मेरो मुख छाड्दछ अनि ती वचनहरूले केही नगरूञ्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।
परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्छौ, यर्मिया?” मैले जवाफ दिएँ, “अरू डालोमा म नेभाराहरू देख्छु। असल नेभाराहरू एकदमै असल छन् अनि अर्को डालोमा नराम्रो नेभाराहरू एकदमै नराम्रा छन जो खाने लायक छैनन्।”
तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौ।’
अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्।
यसकारण तिमीले उनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नु हुन्छ म अझ ज्यादा ढीलो गर्न सक्तिन्, यदि म हुनेछ भन्छु, त्यो भएरनै छाडनेछ।”‘ परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।
यो कुरा त्यो घरानालाई भन (इस्राएल) जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ“‘भाँडा आगोमाथि राख, भाँडा राख अनि त्यसमा पानी हाल।
परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने,“ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।
तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरु निकिलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।
म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेस्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुई अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्न पर्छ।”