“हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ। बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।
Cross references
परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।
मेरो हृदय मोआबको निम्ति रून्छ। उसका मानिसहरू सुरक्षाका निम्ति भागे। तिनीहरू सोअर तर्फ भागे। तिनीहरू एग्लत शलीशियाह तर्फ भागे। मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि रूदै चिच्याउँदै चढे। होरोनैमा उक्ँलिदा तिनीहरू चिच्याउँदै गए।
होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ। यो विनाशको कोलाहल हो।
सारा साँढेहरू मार। तिनीहरूलाई कसाइकहाँ जानदेऊ। तिनीहरूलाई धिक्कार! तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।
बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए। उनका हातहरू चल्न छाडे। उसलाई घेर्यो अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”
बाबेलको पतन हुनेछ, अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ। हरेक जातिहरूका मानिसहरूले बाबेलको विनाशको बारेमा सुन्ने छन्।
परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।
यी सबै वैभवहरु घण्टा भरमा ध्वंस भयो।’“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरु जो जहाजमा यात्रा गर्छन्, नाविकहरु अनि सम्पूर्ण मानिसहरु जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढ्ढै रहे।